npl.977 Nepal News Stream

PalikaNews logo PalikaNews

भरतपुर महानगरमा ‘उज्यालो सहर भरतपुर’ अभियान तीव्र, २१० किलोमिटर सडकमा स्मार्ट बत्ती जडान

पालिका ब्यूरो 1 week ago

भरतपुर – भरतपुर महानगरपालिकाले आफ्नो क्षेत्रका २१० किलोमिटर सडकमा स्मार्ट बत्ती जडान सम्पन्न गरेको छ । महानगरका अनुसार, मुख्य चोकमा १६ वटा ‘हाइमास्ट’ र ७५ वटा ‘मिनमास्ट’ बत्ती दुई चरणमा जडान गरिएको छ ।

महानगरले सञ्चालन गरेको ‘उज्यालो सहर भरतपुर’ अभियान अन्तर्गत नेपाल विद्युत् प्राधिकरणसँगको सहकार्यमा राजमार्ग, भित्री सडक, सहायक राजमार्ग, पहुँच सडक, वडा सिमाना सडक तथा चहलपहल बढी हुने रणनीतिक स्थानहरूमा छ हजार बत्ती जडान गरिएको छ। दुई चरणमा सम्पन्न यो काममा रु ३५ करोड खर्च भएको महानगर प्रमुख रेनु दाहालले जानकारी दिए ।

महानगर प्रमुख दाहालका अनुसार, यस पहलले रात्रिकालीन सुरक्षामा सुधार ल्याउने र आन्तरिक तथा बाह्य पर्यटकलाई सुरक्षित र उज्यालो वातावरणको अनुभूति दिलाउने लक्ष्य राखिएको छ । यससँगै शहरको सार्वजनिक पूर्वाधार र स्मार्ट शहर विकासको पहलमा थप प्रगतिशील कदम भएको बताइएको छ ।

Read more news from PalikaNews

Explore by Source or Category