npl.977 Nepal News Stream

BIZMANDU logo BIZMANDU

बैठकपछि कांग्रेसको थापा पक्ष निर्वाचन आयोग जाँदै, नयाँ केन्द्रीय समितिको विवरण अद्यावधिक गर्ने

Prakash Bhandari 4 hours ago

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट सभापति चुनिएका गगन थापा पक्षको केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दैछ।

बुधबार निर्वाचित नयाँ कार्यसमितिको बसेर आज उनीहरु निर्वाचन आयोग जाने तयारीमा छन्। विशेष महाधिवेशनले थापाको नेतृत्वमा केन्द्रीय समिति चयन गरेको थियो।

थापा सभापति रहेको विवरण अद्यावधिक गराउन उनीहरु बिहीवार नै निर्वाचन आयोग जाने तयारीमा लागेका हुन्। आयोगलाई थापा पक्षले बैठकपछि विवरण उपलब्ध गराउन आउने जानकारी पनि गराइसकेको छ।

नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले भने थापा र विश्वप्रकाश शर्मा नेतृत्वमा भएको विशेष महाधिवेशनलाई मान्यता दिएको छैन। देउवा पक्षले गगन र विश्वलाई पार्टीको साधारण सदस्य नै नरहने गरि निष्कासन गरेको घोषणा पनि गरेको छ। तर, गगन र विश्व पक्षले भने कारबाहीको औचित्य नै नभएको बताएका छन्।

The post बैठकपछि कांग्रेसको थापा पक्ष निर्वाचन आयोग जाँदै, नयाँ केन्द्रीय समितिको विवरण अद्यावधिक गर्ने appeared first on BIZMANDU.

Read more news from BIZMANDU

Explore by Source or Category