npl.977 Nepal News Stream

BIZMANDU logo BIZMANDU

कांग्रेस विवादमा सहमति खोज्ने प्रयास, विशेषका ८ बुँदे प्रस्तावमाथि सानेपामा छलफल

Bhim Ghimire 20 hours ago

काठमाडौं। विशेष महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने अवस्था आएपछि पार्टी फुट्न नदिन सहमति खोज्ने प्रयास लम्बिएको छ। विशेष पक्षधरसँगै महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा समूहले देउवा समूहलाई पठाएको ८ बुँदे प्रस्तावमाथि सानेपामा छलफल सुरु भएको छ।

प्रस्तावमा कार्यकारी भूमिकाबाट सभापति शेरबहादुर देउवा बाहिरिनुपर्ने, विशेष महाधिवेशनको स्वामित्व लिनुपर्ने, प्रधानमन्त्रीको उम्मेदवार तय गरेर जानुपर्ने, चुनावी गठबन्धन कुनै पनि दलसँग नगर्ने, टिकट वितरणका लागि सर्वस्वीकार्य संसदीय बोर्ड गठन गर्नुपर्ने लगायत छ।

साथै, निर्वाचन केन्द्रित कामका लागि ५ सदस्यीय उच्चस्तरीय संयन्त्र गठन गर्नुपर्ने, उम्मेदवारको टिकटमा देउवाले हस्ताक्षर गर्न नपाउने र विशेष महाधिवेशनमा पेस भएका प्रतिवेदनहरूलाई पार्टीको पुँजीको रुपमा ग्रहण गर्नुपर्ने बुँदाहरू प्रस्तावमा रहेका छन्।

देउवा समूहले उक्त ८ बुँदा सहमति गर्न मानेको छैन। यसैबीच, सानेपामा देउवा समूहको केन्द्रीय समितिको बैठक सुरु भएको छ।

The post कांग्रेस विवादमा सहमति खोज्ने प्रयास, विशेषका ८ बुँदे प्रस्तावमाथि सानेपामा छलफल appeared first on BIZMANDU.

Read more news from BIZMANDU

Explore by Source or Category