नेपाल एसबिआई बैंक लुट प्रकरण: बाँकी दुई झोला रकम पनि बरामद, ६ जना पक्राउ, बाँकी फरार !
Supriya Acharya
|
1 day ago
काठमाडौँ । नेपाल एसबिआई बैंकबाट लुटिएको बाँकी दुई झोला रकम पनि बरामद भएको छ । मंगलबार बेलुकी सिन्धुलीको घ्याङलेख गाउँपालिका-स्थित नेपाल एसबिआई बैंक घ्याङलेख शाखाबाट लुटिएको रकम बरामद भएको हो ।
बैंकबाट ३ करोड ११ लाख रुपैयाँ लुटिएको थियो । जसमध्ये दुई बोरा रकम प्रहरीले बैंकको शाखा कार्यालय नजिकै रहेको जंगलमा फेला पारेको थियो ।
लुटपाटमा संलग्न सुमो चलाक सहित ६ जना लुटेराहरु पक्राउ परेका छन् भने बाँकी फरार छन् । फरार रहेकाहरुको पनि खोजि कार्य भईरहेको प्रहरीले जनाएको छ ।