npl.977 Nepal News Stream

BIZMANDU logo BIZMANDU

इरानको जवाफी आक्रमणको असर : विश्व बजारमा तेल र ग्यासको मूल्य बढ्यो

Sahayog Ranjit 12 hours ago

अमेरिका र इजरायलको आक्रमणको जवाफमा इरानले खाडी क्षेत्रमा गरिरहेको हमलाका कारण तेल र ग्यासको मूल्य बढ्ने देखिएको छ। विश्वबजारमा यसको संकेत देखिसकिएको छ।

बीबीसीका अनुसार सोमबार नेचुरल ग्यासको मूल्य बढेको छ। विश्वको ठूलो ग्यास निर्यातकर्ता कतार इनर्जीले आफ्नो उत्पादनस्थलमा आक्रमण भएपछि उत्पादन नै रोकेको हो। त्यसैको असर ग्यासको मूल्यमा देखिएको हो।

त्यस्तै, कच्चा तेलको मूल्य पनि बढेको छ। सोमबारसम्म कच्चा तेलको मूल्य प्रति ब्यारेल ८२ अमेरिकी डलर पुगेको छ। गएको साता स्ट्रेट अफ हुर्मुजमा ३ वटा इन्धन बोकेको ट्यांकर माथि आक्रमण भएको असर स्वरुप बजारमा मूल्य बढेको हो।

इरानले अब सो स्ट्रेट अफ हुर्मुज बन्द भएको र त्यहाँबाट आवतजावत गर्न खोज्ने पानीजहाजमाथि आक्रमण गर्ने चेतावनी दिइसकेको छ। आज त्यसको असर तेल बजारमा देखिनेछ। यो क्षेत्रबाट विश्वभर २० प्रतिशत तेल र ग्यास निर्यात हुँदै आएको छ।

The post इरानको जवाफी आक्रमणको असर : विश्व बजारमा तेल र ग्यासको मूल्य बढ्यो appeared first on BIZMANDU.

Read more news from BIZMANDU

Explore by Source or Category