सामाजिक अविश्वास र ध्रुवीकरणको चक्रव्यूहमा नेपाली समाज
यादव अर्याल
|
1 week ago
विश्वासका संरचना र तिनका भ्रम बीचको तीव्र संघर्षमा छ नेपाली समाज। समाजले आत्मविश्वास गुमाएको छ। भ्रम र अतिरञ्जनाको उपभोग नियति बनिरहेको छ। सत्यसम्म पुग्ने बाटो जति नजिक देखिन्छ, त्यति नै दुरूह अनुभूति हुन थालेको छ। सामाजिक मूल्य फेरिन थालेका छन्। हामीले बाँचेको समयमा विचार निर्माण तथ्य होइन, कुनै सन