महान्यायाधिवक्ता कार्यालयले फिर्ता लियो रविमाथिको सम्पत्ति शुद्धीकरण र संगठित अपराध मुद्दा
काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध लगाइएको सम्पत्ति शुद्धिकरण र संगठित अपराधको मुद्दा फिर्ता लिने निर्णय गरेको छ।
सहकारी ठगी प्रकरणमा मुछिएका लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दासमेत चलाइएको थियो। लामिछाने केही साता अघिमात्रै धरौटीमा रिहा भएका थिए।
रविले हालैमात्र सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता लिन महान्यायाधिवक्ता कार्यालयमा निवेदन पनि दिएका थिए।
रवि आसन्न प्रतिनिधिसभा निर्वाचनमा चितवनबाट उम्मेदवारी दिने तयारीमा छन्। तर सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दाको कारण उनी निर्वाचनमा लड्न पाए पनि निर्वाचित भएको खण्डमा संसदमा उपस्थित हुन पाउने थिएनन्।
The post महान्यायाधिवक्ता कार्यालयले फिर्ता लियो रविमाथिको सम्पत्ति शुद्धीकरण र संगठित अपराध मुद्दा appeared first on BIZMANDU.