npl.977 Nepal News Stream

RONB post logo RONB post

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोल यथावत्

RONB Post 10 hours ago

काठमाडौं । नेपाल आयल निगमले डिजल तथा मट्टितेलको मूल्य घटाएको छ भने हवाई इन्धनको मूल्य  बढाएको छ ।

निगमका अनुसार डिजेल र मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर १ रुपैयाँले घटाइएको छ। पेट्रोल र ग्यासको भाउ यथावत् रहेको छ ।

निगम सञ्चालक समितको निर्णयअनुसार पहिलो वर्गको १४३ रुपैयाँ ५० पैसा, दोस्रो वर्गको १४५ रुपैयाँ र तेस्रो वर्गको १४६ रुपैयाँ तय भएको छ ।

यस्तै हवाई इन्धनको आन्तरिकतर्फ भने ६ रुपैयाँ बढेको छ । अन्तरराष्ट्रिय तर्फ ४२ डलरले बढेको छ ।

The post डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोल यथावत् appeared first on RONB post.

Read more news from RONB post

Explore by Source or Category