npl.977 Nepal News Stream

Sutra News logo Sutra News

देउवा कांग्रेसले वेबसाइटबाट हटायाे गगन, विश्व र फरमुल्लाहकाे नाम

सुत्र न्युज 3 hours ago

काठमाडाैं । नेपाली कांग्रेसकाे शेरबहादुर देउवा पक्षले हालै कारबाही गरेका तीन पदाधिकारीको नाम पार्टीको आधिकारिक वेबसाइटबाट हटाएको छ।

बुधबार बसेको देउवा पक्षीय कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले पाँच वर्षसम्म साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फरमुल्लाह मन्सुरको नाम वेबसाइटबाट हटाएको हो।

यद्यपि, उनीहरूले भृकुटीमण्डपमा विशेष महाधिवेशन आयोजना गर्दै गगन थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिसकेका छन्।

विशेष महाधिवेशनबाट बनेको नयाँ कार्यसमितिमा थापा सभापति बनेका छन् भने विश्वप्रकाश शर्मा उपसभापति र फरमुल्लाह मन्सुर सहमहामन्त्रीमा निर्वाचित भएका छन्।

Read more news from Sutra News

Explore by Source or Category