निरज लम्साल बने प्रभु बैंकको कामू सीईओ
इन्द्र कमल रोक्का
|
6 hours ago
काठमाडौं । प्रभु बैंकको कामू प्रमुख कार्यकारी अधिकृतमा निरज लम्साल नियुक्त भएका छन् ।
बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र नायव प्रमुख कार्यकारी अधिकृत मणिराम पोख्रेल पक्राउ गरेपछि आइतबार राति ९ बजे बसेको बैंकको सञ्चालक समितिको आकस्मिक बैठकले लम्साललाई कामू सीईओको जिम्बेवारी दिने निर्णय गरेको हो ।
सीईओ पक्राउ परेपनि बैंकको सेवा प्रवाहमा भने कुनै असर नहुने बैंकले जनाएको छ ।