npl.977 Nepal News Stream

BIZMANDU logo BIZMANDU

आयल निगमले गर्‍यो पेट्रोलियम पदार्थको मूल्य समायोजनः डिजेलको घट्यो, हवाइ इन्धनको बढ्यो

Narayan 13 hours ago

काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ। निगम सञ्चालक समितिले आइतबार रातिदेखि लागू हुनेगरी मूल्य समायोजन गरेको हो।

निगमका अनुसार डिजेल र मट्टितेलमा प्रतिलिटर एक रुपैयाँले मूल्य घटाइएको छ। यस्तै, हवाइ इन्धनमा आन्तरिकतर्फ ६ रुपैयाँ र हवाइ इन्धनमा अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर ४२ अमेरिकी डलरले बढाइएको छ।

निगमले पेट्रोलको मूल्य भने यथावत् राखेको छ।

समायोजन भएको मूल्य अनुसार डिजेल र मट्टितेल अव पहिलो वर्गमा १४३ रुपैयाँ ५० मा कारोबार हुनेछ। दोस्रो र तेस्रो वर्गमा १४५ र १४६ रुपैयाँमा कारोबार हुनेछ।

The post आयल निगमले गर्‍यो पेट्रोलियम पदार्थको मूल्य समायोजनः डिजेलको घट्यो, हवाइ इन्धनको बढ्यो appeared first on BIZMANDU.

Read more news from BIZMANDU

Explore by Source or Category