npl.977 Nepal News Stream

RONB post logo RONB post

‘कालकट्टी’ र ‘काकाको बिहे’ को निर्माण घोषणा

RONB Post 6 hours ago

काठमाडौं । ‘रघुजी फिल्म्स’ को ब्यानरबाट दुई फरक चलचित्र ‘कालकट्टी’ र ‘काकाको बिहे’ बन्ने भएको छ। शुक्रबार निर्माण टिमले यी दुई चलचित्र बनाउने औपचारिक घोषणा गरेको हो।

लेखक तथा निर्देशक अमरदीप सापकोटा र सञ्चारकर्मी रघुनाथ सापकोटाको सशक्त सहकार्यमा निर्माण हुन लागेका यी दुई चलचित्रहरूले नेपाली सिनेमामा नयाँ ऊर्जा, नयाँ सोच र फरक प्रस्तुति ल्याउने अपेक्षा टिमको छ। दुवै चलचित्र आगामी वर्ष २०८३ मा दर्शकमाझ ल्याउने तयारीमा निर्माण पक्षको छ।

चलचित्र ‘कालकट्टी’ का निर्माता रघुनाथ सापकोटा हुन् भने कथा, पटकथा, संवाद तथा निर्देशनको सम्पूर्ण जिम्मेवारी अमरदीप सापकोटाले सम्हालेका छन्। ‘कालकट्टी’ को छायांकन सकेर रिलिजको तयारी संगै ‘काकाको बिहे’ को छायांकन सुरु हुने निर्माण टिमले जनाएको छ।

The post ‘कालकट्टी’ र ‘काकाको बिहे’ को निर्माण घोषणा appeared first on RONB post.

Read more news from RONB post

Explore by Source or Category