PalikaNews
काठमाडौँ महानगरको राजस्व संकलनमा सुधार, नागरिक सहभागिता र अन्तरसरकार समन्वयलाई जोड
काठमाडौँ – काठमाडौँ महानगरपालिकाको राजस्व परामर्श समितिले राजस्व संकलनलाई प्रभावकारी बनाउन नागरिक सहभागिता र अन्तरसरकार सम्बन्धलाई मजबुत बनाउनु पर्ने निष्कर्ष निकालेको छ । उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको समितिको बैठकले चालु आर्थिक वर्षमा भएको राजस्व संकलनलाई विगत वर्षसँग तुलना गर्दै यस्तो निष्कर्ष निकालेको हो ।
बैठकमा संयोजक डंगोलले राजस्व संकलन टोलिमा स्थानीय परिवेश, सामाजिक अवस्था र संस्कृतिबारे जानकार मानिसहरू खटाउनुपर्ने आवश्यकता औंल्याइन्। महिला स्वयंसेविकालाई अतिरिक्त प्रोत्साहन दिई परिचालन गरे वास्तविक तथ्याङ्क संकलनमा सहयोग पुग्ने बताइन् ।
त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले उपलब्ध जनशक्तिको अधिकतम उपयोग गरेर मात्र लक्ष्य हासिल गर्न सकिने बताए ।
२२ प्रतिशत राजस्व संकलन, गत वर्षभन्दा ११ करोड बढी
समितिका सदस्यसचिव तथा राजस्व विभाग प्रमुख दीपक अधिकारीका अनुसार मंसिर ७ गतेसम्म कूल राजस्वको २२ प्रतिशत र आन्तरिक राजस्वको २० प्रतिशत संकलन भइसकेको छ ।
चालु वर्षको लक्ष्यः १५ अर्ब ११ करोड ४३ लाख, संकलित रकमः ३ अर्ब ३७ करोड २३ लाख, गत वर्ष यही अवधिमा ३ अर्ब २६ करोड २२ लाख ६० हजार संकलन भएको थियो। यस वर्ष ११ करोड १ लाख २६ हजार रुपैयाँ बढी राजस्व संकलन भएको अधिकारीले जानकारी दिए ।
आन्तरिक आयतर्फ १० अर्ब १२ करोड ६४ लाखको लक्ष्य मध्ये २ अर्ब ९ करोड ८३ लाख संकलन भइसकेको छ। अनुदानबाट २ अर्ब ४७ करोड ६९ लाख प्राप्त गर्ने लक्ष्य छ।
राजस्व संकलनका चुनौती र समाधान
बैठकमा जेनजी आन्दोलनका कारण व्यवसायमा परेको प्रभाव, चुनौतीहरू, र समाधानका उपायबारे छलफल भयो। राजस्व विभागले महालेखाले औंल्याएका वेरुजुमध्ये ८ इकाइबाट ३३ लाख २ हजार रुपैयाँ असुल गरेको जानकारी दियो।
त्यसैगरी व्यवसाय कर असुलीका लागि २१ वटा संघ–संस्थालाई पत्राचार गरिएको, विज्ञापन कर नतिर्ने डिजिटल बोर्डको अनुगमन गरी कर असुल भएको र १८ गुनासा समाधान गरिएको विभागले बतायो ।
विगत वर्षका लक्ष्य र नतिजा
आर्थिक वर्ष २०७७र०७८ मा १० अरब ७६ करोड रुपियाँ लक्ष्य राखिएकोमा १० अरब ६४ करोड रुपियाँ संकलन भयो । आ। व। २०७८र०७९ का लागि लक्ष्य ९ अरब ८ करोड रुपियाँ थियो । यसमा १० अरब ६० करोड रुपियाँ संकलन गर्यो ।
आर्थिक वर्ष २०७९र०८० मा १० अरब ४१ करोड रुपियाँ लक्ष्य राखेकोमा १० अरब २५ करोड रुपियाँ संकलन भएको थियो । आर्थिक बर्ष २०८०र०८१ मा १० अरब ८० करोड रुपियाँ लक्ष्य राखिएकोमा १० अरब ६४ करोड रुपियाँ राजस्व संकलन भयो ।
आर्थिक वर्ष २०८१र०८२ मा १२ अरब ९० करोड लक्ष्य राखिएकोमा १० अरब ७४ करोड रुपियाँ राजस्व संकलन भएको थियो ।
काठमाडौँ महानगरपालिकाले सम्पत्ति कर, घर बहाल कर, सवारी साधन कर, सेवा शुल्क दस्तुर, पर्यटन शुल्क ९पर्यटक प्रवेश शुल्क०, विज्ञापन कर, व्यवसाय कर, भूमिकर ९मालपोत०, दण्ड जरिवाना, मनोरञ्जन कर र मालपोत कर संकलन गर्छ ।