npl.977 Nepal News Stream

BIZMANDU logo BIZMANDU

लगानीको नयाँ उपकरण नपाएपछि ऋणपत्रमा बढ्यो लगानी, मुद्दतीको रकम सिफ्ट

Sunil Kunwar 18 hours ago

काठमाडौं। बैंकहरुको ब्याजदर निरन्तर ओरालो लागेपछि लगानीकर्ताले आफ्नो पैसा मुद्दती निक्षेपबाट ऋणपत्रमा सिफ्ट गरेका छन्।

बैंकको ब्याजदर घटेर लगानीकर्ता ऋणपत्रमा सिफ्ट भएपछि कारोबार बढेको छ। लगानीकर्ताको आकर्षणले ऋणपत्र दोस्रो बजारमा महँगो मूल्यमा किनबेच भएको छ।

चालु आर्थिक वर्ष कात्तिकमा मात्रै १ अर्ब ७२ करोड १५ लाख रुपैयाँको ऋणपत्र किनबेच भएको छ। कात्तिकमा असोजको तुलनामा २७१ प्रतिशत धेरै कारोबार भएको हो।

चालु आर्थिक वर्ष ४ महिनामा पोहोरको सोही अवधिको तुलनामा ऋणपत्रको कारोबार ९०.६६ प्रतिशतले बढेको छ।

यसपालि कात्तिकसम्म २ अर्ब ५१ करोड ११ लाख रुपैयाँको ऋणपत्र किनबेच भएको छ। पोहोर ४ महिनामा १ अर्ब ३१ करोड ७० लाख रुपैयाँको ऋणपत्र कारोबार भएको थियो।

कात्तिकमा १०.७५ प्रतिशत ब्याजदर रहेको सिद्धार्थ बैंकको एसबीएल डिबेञ्चर २०८९ कात्तिकमा सर्वाधिक ९६ करोड ८६ लाख रुपैयाँको किनबेच भएको छ।

ऋणपत्रको प्रति कित्ता मूल्य १४२५ रुपैयाँसम्म पुगेको छ। यस्तै, एनआइएमबी डिबेञ्चर २०९० कात्तिकमा २८ करोडको कारोबार भएको छ। यसको पनि १४२५ रुपैयाँसम्म कारोबार भएको छ।

केबीएल डिबेञ्चर २०९० सर्वाधिक धेरै १४९५ रुपैयाँका दरले किनबेच भएको छ।

कात्तिकमा ऋणपत्रको कारोबार

ऋणपत्रकारोबार मूल्य दश लाखमाउच्च मूल्य रुपैयाँन्यून मूल्य रुपैयाँअन्तिम मूल्य रुपैयाँ
१०.७५% एसबीएल डिबेञ्चर २०८९९६८.६१४५०१२०५१४२५
१०% एनआइएमबी डिबेञ्चर २०९०२८०.३३१४२५१२००१४२५
नबिल डिबेञ्चर २०८५२२६.४३११८७१०५९११८७
१०.२५% नेपाल एसबीआई बैंक डिबेञ्चर २०८३१०४.३२१२२६१११०११२२.१
साइन रेसुङगा डिबेञ्चर६९.९१११७११०००११५०.१
सेन्चुरी डिबेञ्चर २०८८११.८९१२६८१२००१२२४
१०.३०% स्ट्यान्डर्ड चार्टर्ड बैंक डिबेञ्चर६.६८१२२३११७६१२०३
७% एनआइसी एसिया डिबेञ्चर २०९१५.३३१०९३१०३०.७१०७६
एभरेष्ट बैंक डिबेञ्चर २०९१४.६११२७१०६२११०१
७% आरबीबीएल डिबेञ्चर २०८८३.८३१०७५.११०४२१०६२.२
७.२५% एसबीएल डिबेञ्चर २०९१३.४७१११५१०९१०८०
सिभिल बैंक डिबेञ्चर २०८८२.५८१२४५११८८१२३५.२
ग्लोबल आइएमई बैंक डिबेञ्चर २०८४/८५२.५८११९७११३१.९११८२
१०% प्रभु बैंक डिबेञ्चर २०८४२.५४११३०११००११०७
ज्योति विकास बैंक बण्ड २०८७१.९२१२६०१११५११९४.७
९% आइसीएफसी फाइनान्स डिबेञ्चर २०८८१.७५११५२१०९३.५११५०
१२% गुडविल फाइनान्स डिबेञ्चर २०८३१.३९१२२०११७६११७६
सांग्रिला विकास बैंक डिबेञ्चर २०८७१.३७११६५११०६.२११५०
१०.५०% एभरेष्ट बैंक डिबेञ्चर २०८५१.१७११८०११३७११३७
निफ्रा ग्रिन इनर्जी डिबेञ्चर २०८८/८९१.११०२०९८६१०११
१०% प्राइम डिबेञ्चर २०८८०.९९१२४०११७०१२१९
७% नेपाल एसबिआई बैंक डिबेञ्चर २०९००.९९१०८६.२१०००१०६७
गरिमा डिबेञ्चर २०८५०.९४११२०१०७२.११०९३.६
१०.५० एसबीएल डिबेञ्चर २०८२०.८९१०८५१०४११०६५.९
१०% सिटिजन्स बैंक डिबेञ्चर २०९००.८५१२९०११९८१२७५
९% नेपाल एसबीआई बैंक ऋणपत्र २०८९०.७६१२१०११३०११६४.८
८.५% बीओके डिबेञ्चर २०८६०.७५११३३१०८२१०९९.९
११% केबीएल डिबेञ्चर २०८९०.७४१३३०१२६०१३३०
८.५% आरबीबीएल डिबेञ्चर २०८३०.६८१०६०१०६०१०६०
एभरेष्ट बैंक०.६८११२३१०८८१११०.१
८.५% नेपाल बैंक डिबेञ्चर २०८७०.६६११४०१०८७.१११२३
१०% सानिमा बैंक डिबेञ्चर०.६४११५३.६११२०११५३.६
९% कामना सेवा विकास बैंक डिबेञ्चर०.६१११५५११२३.१११५५
८.५% प्रभु बैंक डिबेञ्चर २०८७०.६११४११०९०११३०
ग्लोबल आइएमई डिबेञ्चर २०८६/८७०.५८११२९१०९१.११०९१.१
८.७५% प्राइम डिबेञ्चर २०८५०.५७११०९१०६०.११०९२
१०.३५% कृषि विकास बैंक डिबेञ्चर २०८३०.५३११३२.९१०९२.७१०९२.७
१०.२५% सानिमा डिबेञ्चर २०८९०.५२१२१०.४११४११२१०.४
११% एलबीबीएल डिबेञ्चर २०८९०.५२१३००१२०२१२७५
एभरेष्ट बैंक इनर्जी बण्ड २०८९०.५११०८१०५४१०९०
८.५% सानिमा डिबेञ्चर २०८७०.४८११३११०८५१०९६
मुक्तिनाथ डिबेञ्चर २०८४/८५०.४७१११९.५१०८२.२११०३.८
१०% एनआइसी एसिया डिबेञ्चर २०८५/८६०.३९११६५११२५११६५
८.५% माछापुच्छ्रे डिबेञ्चर २०८७०.३७११४११०९५११३०
१०% नबिल डिबेञ्चर २०८२०.३५११००१०७११०८३.१
एनएमबी डिबेञ्चर १०.८५-२०८९/९००.३२१३१०.७१२६०१३३६
१०.२५% एनबीबीएल डिबेञ्चर २०८५०.२७११७०११२१.१११७०
८.५% एसबीएल डिबेञ्चर २०८४०.२७१०६५१०६०.११०६५
८.५% नेपाल इन्भेष्टमेन्ट बैंक डिबेञ्चर २०८४०.२६१०८१.२१०४६.३१०८१.२
९.५% मञ्जुश्री फाइनान्स डिबेञ्चर०.२६११३७१०९५११३७
७% नबिल डिबेञ्चर २०८९०.२४१०८२.४१०००१०६९
निफ्रा ऊर्जा ऋणपत्र ७%-२०८५/८६०.२३१०५५१०३५१०५८
१०% नेपाल एसबीआई बैंक डिबेञ्चर २०८६०.२१११८०११६८११८०
९% नबिल डिबेञ्चर २०८७०.२११४०११०५.१११२९
एनएमबी डिबेञ्चर ८.५०%-२०८७/८८०.२११४११०९२१११८
१२% आइसीएफसी फाइनान्स डिबेञ्चर २०८३०.१७११७०११६२११७०
बीओके डिबेञ्चर २०८६०.१४११९६.४११५०११९६.४
१०.१५% प्राइम डिबेञ्चर २०८४०.१३११११.८१०८१११३४
११% महालक्ष्मी डिबेञ्चर २०८९०.१३१२७२.९१२२५१२७२.९
१०.२५ % एनआइसी एसिया डिबेञ्चर २०८३/८४०.११११२५१०८०.१११२५
१०% एनएमबी डिबेञ्चर २०८५०.१११४९११२९.६११४९
९.५ % एनसीसी डिबेञ्चर २०८६०.०९११६११११६.११११६.१
एनआईसी एसिया ऋणपत्र २०८८०.०८११३०१०९०१११०
१०.२५% सिटिजन्स बैंक डिबेञ्चर २०८६०.०७११७९११३४११३४
१०% हिमालयन बैंक डिबेञ्चर २०८३०.०६११००११००११००
१०.२५% एसबीएल डिबेञ्चर २०८३०.०५१०७७.८१०७७.८१०८२
८.५% लक्ष्मी बैंक डिबेञ्चर २०८८०.०३१११३१०९१.४११००
हिमालयन बैंक बण्ड २०८६०.०३११६०११५५११५५
१०.२५% केबीएल डिबेञ्चर २०८६०.०२११५६.८११३५.१११७६
१०% केबीएल डिबेञ्चर २०९०१४९५१४९५१४९५
१०.२५% प्रभु बैंक डिबेञ्चर २०८६११८९११२१११२१
स्रोत : नेपाल स्टक एक्सचेन्ज

अहिले बैंकहरुको निक्षेपको ब्याजदर २.७५ प्रतिशतमा आएको छ। बैंकहरुले ब्याजदर तीन वर्षदेखि निरन्तर घटाइरहेका छन्।

प्रणालीमा उच्च तरलताका कारण लागत महँगो परेपछि बैंकले ब्याजदर घटाउँदा संस्थागत लगानीकर्ताले ऋणपत्रमा लगानी ब‍ढाइरहेका हुन्।

बैंकहरुले ठूलो आकारको निक्षेप लिनै अस्वीकार गरिरहेका कारण म्युचुअल फण्ड र इन्स्योरेन्स कम्पनीले नै मुद्दतीको रकम न्यत्र हाइभर्ट गरिरहेका छन्।

The post लगानीको नयाँ उपकरण नपाएपछि ऋणपत्रमा बढ्यो लगानी, मुद्दतीको रकम सिफ्ट appeared first on BIZMANDU.

Read more news from BIZMANDU

Explore by Source or Category