npl.977 Nepal News Stream

BIZMANDU logo BIZMANDU

गगन-विश्वलाई कारबाही गर्ने कांग्रेसले विधानमै गर्‍यो संशोधन, सफाइको मौका दिनुपर्ने व्यवस्थामा छेडखानी

Narayan 19 hours ago

काठमाडौं। नेपाली कांग्रेसले विधानअनुसार अनुशासनसम्बन्धी कारबाहीको व्यवस्था संशोधन गरेको छ। अब केन्द्रीय अनुशासन समितिले नै सबै तहको कारबाही गर्न/सक्नेछ।

कारबाहीलाई कसुर अनुसार चेतावनी, निलम्बन र निष्कासनमा वर्गीकरण गरिएको छ।

बुधबारको केन्द्रीय समितिको निर्णयमा भनिएको छ, ‘अनुशासन भङ्ग गर्ने निकाय वा पदाधिकारी वा सदस्यमाथि कारबाही वा जिल्ला वा प्रदेश अनुशासन समितिको निर्णयमा पुनरावेदन निर्णय गर्दा नियमावली र आचारसंहिता अनुसार कसुर हेरी सम्झाउने, चेतावनी दिने, निलम्बन वा निष्कासन गर्ने।’

अपर्झट रूपमा अनुशासनसम्बन्धी कारबाही गर्नु गराउनु परेको अवस्थामा सफाइको मौका दिनुपर्ने व्यवस्था अनिवार्य गरिएको छैन। 

The post गगन-विश्वलाई कारबाही गर्ने कांग्रेसले विधानमै गर्‍यो संशोधन, सफाइको मौका दिनुपर्ने व्यवस्थामा छेडखानी appeared first on BIZMANDU.

Read more news from BIZMANDU

Explore by Source or Category