Taksar News
प्रहरी हिरासतबाट हतियार सहित भागेका थुनुवा पक्राउ
काठमाडौंँ । जेन–जी आन्दोलनका क्रममा प्रहरी हिरासतबाट भाग्ने क्रममा लुटेको हतियार र भगौडा थुनुवा पक्राउ परेका छन् ।आन्दोलनका क्रममा भदौ २४ गते प्रहरी वृत्त, स्वयम्भूको हिरासतमा लागुऔषध मुद्दामा पक्राउ परी थुनामा राखिएका २८ वर्षीय रसिल जोशी भागेका थिए ।
काठमाडौं महानगर– १४, भुरुङखेलका बासिन्दा जोशीले हिरासतबाट भाग्ने क्रममा एक थान पेस्तोल पनि साथमै लिएर गएका थिए ।
उनीसहित ३ जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको प्रवक्ता एसपी काजीकुमार आचार्यले बताए ।
लुटिएको पेस्तोल बिक्री गर्न तीनजनाको समूह बनाएर ग्राहक खोज्ने क्रममा उनीहरू पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा दार्चुला, दुहुँ गाउँपालिका९ ४ घर भई सुन्धारा बस्ने १९ वर्षीय रामचन्द्र कुवर र काठमाडौं महानगर९ १३, बाफल बस्ने ३१ वर्षीय विराटप्रसाद जोशी छन् ।