बेवारिसे अवस्थामा ५ सय ५४ किलो गाँजा बरामद
नेपाल न्युज
|
9 hours ago
सुनसरी। सुनसरीको दुहबी नगरपालिका अन्तर्गत रहेको प्रहरी चौकी अमडुवाले बेवारिसे अवस्थामा ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ।
प्रहरीका अनुसार पुस ३० गते प्राप्त विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले बर्जु गाउँपालिका–४ हरबनीस्थित बाँसको झ्याङमा लुकाइराखिएको ५ सय ५४ किलो गाँजा फेला पारेको हो।
बरामद गरिएको गाँजाको ओसारपसारमा संलग्न व्यक्तिहरू फरार रहेकाले उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।