महालक्ष्मी विकास बैंकले ‘महालक्ष्मी माघ महोत्सव’ डिजिटल प्रवर्धन महिना संचालन गर्ने
काठमाडौं । महालक्ष्मी विकास बैंकले डिजिटल कारोबार प्रबर्धन गर्न, ग्राहक सुविधाअभिवृद्धि गर्न तथा सुरक्षित र नगद रहित बैंकिङ कारोबारलाई बढावा दिन ‘महालक्ष्मी माघ महोत्सव’ का रुपमा डिजिटल प्रवर्धन महिना संचालन गर्ने भएको छ।
बैंकले हरेक वर्षको माघ महिनालाई डिजिटल कारोबार प्रबर्धन महिनाको रुपमा मनाउने निर्णय बमोजिम ‘महालक्ष्मी माघ महोत्सव’ मनाउन थालिएको हो।
दैनिक कूल कारोबार संख्यामा बैंकको डिजिटल कारोबारको संख्या औसतमा ८० प्रतिशत बढी रहेको यस बैंकले यस्तो कारोबारहरुलाई थप वृद्धि गर्न बैंकले डिजिटल सेवामा विभिन्न आकर्षक सुविधाहरु थप गरेको छ। विभिन्न सुविधाहरु मध्ये मोबाइल एप ‘महालक्ष्मी स्मार्ट साथी’मार्फत मुद्धती खोल्दा बढी ब्याजदर प्रदान गर्ने भएको छ।
यस अन्तर्गत ग्राहकहरुले मोबाइल एपमार्फत मुद्धती खाताखोल्दा बैंकले व्यक्तिगत मुद्धतीमा प्रदानगर्ने ब्याजदर भन्दा ०.२५ प्रतिशत बढी ब्याजदर प्राप्तगर्न सक्नेछन्। स्मार्ट साथी एपबाट खोलिने व्यक्तिगत मुद्धती खाताहरुमा नेपाल राष्ट्र बैंकको ब्याजदर निर्धारण सम्बन्धी नियमन भित्र रहि ब्याज प्रदान गर्नेछ।
त्यसैगरी ‘महालक्ष्मी माघ महोत्सव’ लाई थप उत्साहमय बनाउन भर्चुअल तथा साधारण क्रेडिट कार्ड जारी गर्दा तथा वार्षिक शुल्कमा १०० प्रतिशत छुट प्रदान गर्नेछ। साथै, डेबिट कार्ड जारी गर्दा तथा मोबाइल बैकिङ दर्ता गर्दा १०० प्रतिशत छुट प्रदान गर्नेछ।
ग्राहकहरुले मोबाइलएपमार्फत फार्मेसीको बिल भुक्तानी गर्दा बिल रकमको २० प्रतिशत वा २०० रुपैयाँसम्मको क्यासब्याक प्राप्त गर्ने जनाइएको छ। अडियो मार्फत भुक्तानीप्राप्त भए-नभएको सुचना प्रदान गर्ने ‘कोइली’दर्ता गर्दा समेत शुल्क लाग्ने छैन।
यो अभियान २०८२ साल माघ महिनाको लागि मात्र लागू हुने बैंकले जनाएको छ। यस प्रकारको अभियान बाट बैंकिङ सेवाहरुको पहुँचमा वृद्धि गर्न, डिजिटल सेवालाई थपविस्तार गर्न तथा प्रत्यक्ष रुपमा बैंकमा उपस्थित हुनुपर्ने बाध्यतालाई न्यूनकरण गर्न टेवा पुग्ने विश्वास बैंकले लिएको छ।
साथै नगद कारोबारको सिमा घट्दै जाँदा यस अभियानले डिजिटल कारोबारलाई प्रबद्र्धन गर्न सहयोग पुग्ने विश्वास समेत बैंकले लिएको छ।
The post महालक्ष्मी विकास बैंकले ‘महालक्ष्मी माघ महोत्सव’ डिजिटल प्रवर्धन महिना संचालन गर्ने appeared first on BIZMANDU.