npl.977 Nepal News Stream

GandakNews logo GandakNews

भीरकोट नगरसभाबाट दुई ऐन पारित

राम बहादुर रोकाहा 2 days ago

स्याङ्जा भीरकोट नगरपालिकाको १७ औँ नगरसभाले दुई महत्वपूर्ण ऐन पारित गरेको छ । सभाबाट विज्ञापन व्यवस्थापन एवं नियमन ऐन–२०८२ र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन–२०८२ स्वीकृत भएका हुन् ।

नगरपालिकाले विज्ञापनसम्बन्धी ऐन लागू गरेसँगै अब भीरकोट क्षेत्रमा वस्तु तथा सेवाको बजार प्रवर्द्धन, बिक्रीवितरण र प्रचारप्रसारका लागि गरिने बाह्य विज्ञापन व्यवस्थित हुने भएको छ । नगरपालिकाबाट अनुमति लिएर सञ्चालनमा रहेका सञ्चारमाध्यममार्फत गरिने विज्ञापनलाई पनि नियमित र पारदर्शी बनाइने नगर प्रमुख गोविन्दकुमार कर्माचार्यले बताए ।

त्यसैगरी, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनले स्थानीय सञ्चित कोषको सञ्चालन, बजेट निर्माण, खर्च व्यवस्थापन, लेखाङ्कन, प्रतिवेदन, आन्तरिक नियन्त्रण र लेखापरीक्षणलगायतका आर्थिक गतिविधिलाई थप प्रभावकारी बनाउने विश्वास गरिएको छ ।

नगरसभाले जनताको आवश्यकता र मागलाई ध्यानमा राख्दै नगरस्तरीय तथा वडास्तरीय योजना संशोधन र रकमान्तर पनि गरेको छ । साथै, करार सेवामा कार्यरत ९७ जना कर्मचारीको करार नवीकरण गरिएको छ ।

आन्तरिक आयतर्फ नदीजन्य पदार्थको बिक्रीवितरणबाट प्राप्त हुने राजस्व स्रोतका आधारमा एक करोड रुपैयाँ बजेट भएका योजना तथा कार्यक्रमको स्रोत संशोधन समेत सभाबाट स्वीकृत भएको छ ।

Read more news from GandakNews

Explore by Source or Category