npl.977 Nepal News Stream

Sutra News logo Sutra News

रविविरूद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध आरोप महान्यायाधिवक्ताद्वारा फिर्ता

सुत्र न्युज 20 hours ago

 

काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरूद्ध लागेको सबैभन्दा गम्भीर अभियोग सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी दाबी फिर्ता लिने निर्णय गरेको छ।

महान्यायाधिवक्ता सबिता भण्डारीले सरकारी वकिल कार्यालयले अघि सारेको उक्त अभियोग फिर्ता लिन स्वीकृति दिएको पुष्टि गरेकी छन्।

भण्डारीका अनुसार, लामिछानेले आफूमाथि लगाइएका आरोप खारेज गर्न औपचारिक रूपमा निवेदन दिएका थिए, जसबारे निर्णयका लागि सरकारी वकिल कार्यालयहरूबाट फाइल महान्यायाधिवक्ता कार्यालयमा पठाइएको थियो।

‘लामिछानेको निवेदन आएको थियो। त्यसमा के गर्ने भन्ने विषय निर्णयका लागि पठाइएको थियो। हामीले अभियोगदाबी फिर्ता लिन स्वीकृति दिएका छौँ,’ भण्डारीले भनिन्।

यसअघि सरकारी वकिल कार्यालयले सम्पत्ति शुद्धीकरण र संगठित अपराधको कसुर गरेको दाबी गर्दै अभियोग अघि बढाएको थियो।

Read more news from Sutra News

Explore by Source or Category