सेनेगल अफ्रिका कप अफ नेसन्सको फाइनलमा
एजेन्सी – सेनेगल अफ्रिका कप अफ नेशन्सको फाइनलमा पुगेको छ। इजिप्टलाई १–० ले पराजित गर्दै सेनेगल उपाधि नजिक पुगेको छ।
योसँगै मोहम्मद सलाहको उपाधि जित्ने सपना फेरि अधुरो बनेको छ। बुधबार राति मोरक्कोको तान्जियरमा भएको खेलमा सेनेगलका साडियो मानेले ७८औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो।
खेल खासै आकर्षक नभए पनि मानेको एक गोलले सेनेगललाई फाइनलमा पुर्यायो। सन् २०१० पछि पहिलो पटक अफ्रिका कप अफ नेसन्स जित्ने लक्ष्यसहित इजिप्ट प्रतियोगितामा सहभागी भएको थियो। तर सेमिफाइनलमै हार बेहोर्दै उसले फाइनल खेल्न पाएन।
खेलपछि मानेले मोहम्मद सलाहका लागि यो क्षण कठिन भएको बताए। उनले सलाहले टोलीलाई यहाँसम्म ल्याउन ठूलो भूमिका खेलेको बताए।
यसअघि पनि मानेले २०२१ को अफ्रिका कप अफ नेसन्सको फाइनल र २०२२ विश्वकप छनोटमा इजिप्टलाई हराउँदै सेनेगललाई जित दिलाएका थिए।
The post सेनेगल अफ्रिका कप अफ नेसन्सको फाइनलमा first appeared on हाम्रो खेलकुद.