एनपीएल: कर्णालीले टस जितेर ब्याटिङ रोज्यो, फिल्डिङ गर्दै काठमाडौं, प्लेइङ ११ मा कोको?
काठमाडौं। कर्णाली याक्सले काठमाडौं गोर्खाजविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आइतबारको खेलमा कर्णालीका कप्तान सोमपाल कामीले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन्।
एनपीएलको प्लेअफमा पुग्न कर्णाली आजको खेलमा जित्नै पर्ने दवाबमा छ। अर्कोतर्फ काठमाडौंलाई आजको खेल जिते प्लेअफको सम्भावना बलियो हुने समीकरण छ। हालसम्म पाँच खेल खेल्दा शतप्रतिशत जित निकालेको सुदूरपश्चिमले मात्र प्लेअफमा स्थान सुरक्षिग गरेको छ। अर्कोतर्फ एनपीएलमा जितविहीन एकमात्र टोली जनकपुरले बाँकी खेल जितेर पनि अन्य खेलको नजिताको झिनो सम्भावनामात्र बाँकी छ।
६ खेल खेलेर आधामा जित निकालेको काठमाडौं ६ अंकसहित तालिकाको तेस्रो स्थानमा छ। त्यस्तै, चार खेल खेल्दा एउटामा मात्र जित निकालेको कर्णाली २ अंकसहित छैटौं स्थानमा छ। कर्णालीलाई प्लेअफको होडमा रहन जितको ठूलो दवाब छ।
आजको खेलमा कर्णालीले प्लेइङ ११ मा खेलाडी परिवर्तन गरेको छैन भने काठमाडौंले एक परिवर्तन गरेको छ। शीर्षक्रमका ब्याटर भीम सार्की दीपेश कँडेलको स्थानमा आएका छन्।
काठमान्डौँको प्लेइङ ११
करण केसी (कप्तान), शहाब अलाम, भीम सार्की, रशिद खान, सन्तोष यादव, आकाश त्रिपाठी, आदिल अन्सारी, वेन चार्ल्सवेथ, मिलिन्द कुमार, गेरार्ल्ड इरासमस, जोन सिमसन।
कर्णालीको प्लेइङ ११
सोमपाल कामी, दिपक डुम्रे (विकेटकिपर), विपिन प्रसाद शर्मा, नन्दन यादव, पवन सर्राफ, युवराज खत्री, गुल्सन झा, मार्क वाट, विल बोसिस्टो, नजिबउल्लाह जर्दान र प्रियांक पञ्चाल
The post एनपीएल: कर्णालीले टस जितेर ब्याटिङ रोज्यो, फिल्डिङ गर्दै काठमाडौं, प्लेइङ ११ मा कोको? appeared first on BIZMANDU.