npl.977 Nepal News Stream

Taksar News logo Taksar News

कोप–३०ः नेपालको पर्वतीय इकोसिस्टमलाई ग्लोबल इण्डिकेटरको सूचकमा समावेश गर्न नेपालको माग

टक्सार न्युज 16 hours ago

काठमाडाैँ । वन तथा वातावरण मन्त्रालयका जलवायुविज्ञ तथा सहसचिव डा. महेश्वर ढकालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघका पक्षराष्ट्रको सम्मेलनको ३० औँ श्रृंखला (कोप–३०) मा नेपालको पर्वतीय इकोसिस्टमलाई  ‘ग्लोवल गोल अफ इन्डिकेटर’को सूचकका रूपमा समावेश गर्नुपर्ने माग अघि सारेको बताएका छन् ।

आइतवार राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । डा. ढकालकाअनुसार सन् २०२६ मा एलडिसीबाट ग्रेजुएसन हुँदै गर्दा नेपालले ग्लोबल इन्भाइरोमेन्ट फेसिलिटीका आवश्यक सहुलियतपूर्ण सुविधाहरू निरन्तर पाउनुपर्छ भन्ने माग समेत सम्मेलनमा उठाइएको छ ।

उनले नेपालले यसै वर्ष सम्पन्न गरेको सगरमाथा संवादका निष्कर्षहरू समेत सम्मेलनमा प्रस्तुत गरेको बताए । उनले बदलिँदो राजनीतिक परिवर्तनका बाबजुद कोप–३० मा नेपालको प्रभावकारी उपस्थिति रहेको बताए ।

उनले खाना तथा आवास खर्चिलो हुने भएकोले सरकारको तर्फबाट १५ जनाको समूह मात्र सम्मेलनमा सहभागि गराइएको बताए ।उनकाअनुसार गैरसरकारी तथा निजी क्षेत्रबाट थप ६० जना सहभागि हुनुभएको थियो ।

उनले सम्मेलनमा नेपाललाई हानि नोक्शानी कोष तथा अन्य जलवायु वित्त कोषमा सहज पहुँच पु¥याउने, अनुकूलन र न्युनिकरणका लागि आवश्यक प्रविधिमा पहुँच र क्षमता विकासमा सहयोगको अपिल गर्ने लगायत विषयमा प्रभावकारी पहल भएको बताए ।

Read more news from Taksar News

Explore by Source or Category