npl.977 Nepal News Stream

नेपाल न्युज logo नेपाल न्युज

गगन थापाको नेतृत्वमा कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक आज

नेपालन्युज 6 hours ago

काठमाडौं । गगन थापाले नेतृत्व गर्ने नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमितिको पहिलो बैठक बिहीबार ललितपुरको कुपन्डोलमा बस्दैछ। दोस्रो विशेष महाधिवेशनबाट बुधबार निर्वाचित सदस्यहरू बिहान ११ बजे बैठकमा उपस्थित हुने महामन्त्री प्रदीप पौडेलको सचिवालयले जानकारी दिएको छ।

बैठकपछि नयाँ नेतृत्व र विशेष महाधिवेशनको नतिजा अद्यावधिक गर्न कांग्रेसको टोली निर्वाचन आयोग पुग्ने तयारीमा छ। अधिवक्ता राजु कटवालका अनुसार टोली दिउँसो १२ देखि १ बजेसम्म आयोगमा रहनेछ। उनीहरू विशेष महाधिवेशनका कागजात र अभिलेख दस्तावेजीकरणको काम पनि गर्दैछन्।

Read more news from नेपाल न्युज

Explore by Source or Category