मिलेर पनि मन कता छुट्यो पश्चिमा पुर्वेको : एन पि घायल
कविता
अन्त्यमा
सम्झिन्न आफू मरेर गएनी बिर्सन्न तिमिलाइ।
पाइन भनेनी भेटेर कतै यो भन्न तिमिलाइ।।
लाएर गयौ यो चोखो माया मारेर के पायौ।
कलेजी मुटु हृदय चिरा पारेर के पायौ।
लगायौ टुना फसायौ क्यारी त्यो झुठो बोलीमा
हाँसेर हिन्छौ डुबाइ कोहि आशुको खोलीमा
कस्तोहो तिम्रो मन कति पापी रुवाइ रहने।
पर्छ र किन दुनिया सामु सुहाई रहने।
भेट हुन्छ भनी तड्पेर कुर्ने बौलाह चाह छ
यो कस्तो प्रेम गहिरो गर्छ तिमिलाइ थाह छ
भएनी थाह नभए जस्तो गरेर हिन्दियौ
रिन दिन यता डराउने उता बजारै किन्दियौ
किनेर पनि पाउने छैनौ यो चोखो मायालाइ
हिनेर फेरि देखिनौ तिमी आफनै छाया लाइ
रमाइ तिमी हाँसेरै ज्यूनु उत्सव गरेर
बिर्सने छैन यत्तिकै आँफू गएनी मरेर
मिलेर पनि मन कता छुट्यो पश्चिमा पुर्वेको
पढेर कोही नरुनु प्रेम हगुरे धुर्बेको
बुझेर कोही नरुनु प्रेम हगुरे धुर्बेको
जानेर कोही नरुनु प्रेम हगुरे धुर्बेको
मानेर कोही नरुनु प्रेम हगुरे धुर्बेको
देखेर कोही नरुनु प्रेम हगुरे धुर्बेको
लेखेर कोही नरुनु प्रेम हगुरे धुर्बेको
सम्झेर कोही नरुनु प्रेम हगुरे धुर्बेको
सम्झिन्न आफू मरेर गएनी बिर्सन्न तिमिलाइ।
पाइन भनेनी भेटेर कतै यो भन्न तिमिलाइ।।