सुनसरीमा ट्रक दुर्घटनाः ५ मजदुरको मृत्यु, ३ घाइते, चालक फरार
इन्द्र कमल रोक्का
|
7 hours ago
सुनसरी। सुनसरीमा ट्रक दुर्घटना हुँदा ५ मजदुरको मृत्यु भएको छ यस्तै ३ जना घाइते भएका छन् । सुनसरीको भोक्राहा नर्सिङ–८, सोनियाहीमा विराटनगरबाट राजविराजतर्फ जाँदै गरेको को१ख ४५४१ नम्बरको ट्रक अनियन्त्रित दुर्घटना भएको हो ।
ट्रकको पछाडि सामानमाथि बसेका पाँच मजदुरको घटनास्थलमै मृत्यु भएको छ। घाइतेहरूलाई विराटनगरस्थित विराट नर्सिङ होममा उपचार भइरहेको छ। ट्रकमा चालकसहित ९ जना सवार थिए; चालक फरार छन्। मृत्यु हुनेहरू सबै बर्जु गाउँपालिका–१ का गुरुङ समुदायका सदस्य भएको प्रहरीले जनाएको छ। चालक फरार भएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।