npl.977 Nepal News Stream

हाम्रो खेलकुद logo हाम्रो खेलकुद

कर्णालीले टस जितेर ब्याटिङ गर्ने

hamrokhelkud 17 hours ago

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज तेस्रो स्थानमा रहेको काठमाडौं गोर्खाज र छैटौं स्थानमा रहेको कर्णाली याक्सबीच खेल हुँदैछ ।

कर्णालीका कप्तान सोमपाल कामीले टस जितेर ब्याटिङ रोजेका छन् । करण केसीको नेतृत्वमा रहेको काठमाडौंले पहिले बलिङ गर्नेछ ।

काठमाडौंले आज दीपेश कँडेलको स्थानमा आज भीम सार्कीलाई खेलाउने भएको छ । कर्णालीले प्लेइङ-११ मा कुनै परिवर्तन गरेको छैन ।‌

काठमाडौं आज छैटौं खेल खेल्दैछ । उसले ३ खेलमा जित र २ खेलमा हार बेहोरेको छ । ६ अंक बानएको काठमाडौंले आजको खेल जितेमा प्ले अफको संभावना मजबुत बन्नेछ ।‌

कर्णालीको भने यो पाँचौं खेल हो । उसले ३ खेलमा हार र १ खेलमा मात्र जित निकालेको छ । २ अंक मात्र जोडेको कारण कर्णालीलाई आज जित जरूरी छ । हारले प्ले अफ पुग्ने संंभावना गणितीय आधारमा मात्र बाँकी रहनेछ ।

अंक तालिकामा सुदुर १० अंक सहित शीर्षस्थानमा रहेको छ । विराटनगर ८ अंक सहित दोस्रो स्थानमा रहँदा ६ अंक सहित काठमाडौं तेस्रो स्थानमा छ । चितवन र लुम्बिनी समान ४ अंक सहित चौथो र पाँचौ स्थानमा रहेका छन् । २ अंक सहित कर्णाली छैटौं स्थानमा रहँदा २ अंक नै बनाएको पोखरा सातौं स्थानमा रहेको छ । लगातारको ४ खेलमा पराजित साबिक विजेता जनकपुर लिगको पुछारमा रहेको छ ।

The post कर्णालीले टस जितेर ब्याटिङ गर्ने first appeared on हाम्रो खेलकुद.

Read more news from हाम्रो खेलकुद

Explore by Source or Category