npl.977 Nepal News Stream

Himal Press logo Himal Press

कांग्रेसको आधिकारिक वेबसाइटबाट हट्यो गगन–विश्वको नाम र तस्बिर

Kiran Poudel 5 hours ago

काठमाडौँ- नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षीय केन्द्रीय कार्यसमितिको बुधबारको बैठकले ५ वर्ष साधारण सदस्यसमेत नरहने गरी हटाएका तीन पदाधिकारीको नाम वेबसाइटबाट हटाएको छ ।

कांग्रेस वेबसाइटबाट महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फरमुल्लाह मन्सुरको नाम हटाइएको हो ।

भृकुटीमण्डपमा विशेष महाधिवेशन गरी उनीहरूले थापाको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेका छन् । थापा नेतृत्वको समितिमा शर्मा उपसभापति र मन्सुर सहमहामन्त्री नै चुनिएका छन्।

Read more news from Himal Press

Explore by Source or Category