npl.977 Nepal News Stream

Artha Sarokar :: Nepal's No.1 Economic News logo Artha Sarokar :: Nepal's No.1 Economic News

माछापुच्छ्रे बैंकमा बोर्ड बैठक सुरु, कर्मचारीको प्रमोसन र सूचना चुहावटका विषयमा छलफल हुँदै !

Sudarshan Shrestha 21 hours ago

काठमाडौँ । माछापुच्छ्रे बैंकमा बोर्ड बैठक सुरु भएको छ । अहिले दिउँसो बैंकको बोर्ड बैठक सुरु भएको हो । आजको बोर्ड बैठकमा बैंकले संचालक समितिको सल्लाह बेगर प्रमोसन गरेको भन्दै दुई संचालकले प्रश्न उठाइरहेका छन् ।

बैठकमा संचालक समितिको सल्लाहबिना आफू अनुकुल व्यक्तिहरुलाई प्रमोसन गरिएको र सो केस ढाकछोप गर्न अध्यक्ष र विवादित संचालक लिएर बैंकका हाकिम विदेश भ्रमणमा रहेको विषय उठाउन लागिएको एक संचालकले दाबी गरेका छन् ।

सो बैठकमा सुनिता शर्मालाई स्पष्टिकरण सोधेर बैंकबाट निकालिनुपर्ने विषय पनि उठाउन लागेको तर सो विषय बोर्डको विषय नभएको भन्दै दुई तर्क सुनिएको संचालकको दाबी छ ।

Read more news from Artha Sarokar :: Nepal's No.1 Economic News

Explore by Source or Category