NepalWatch
कांग्रेसमा शेरबहादुरलाई अहिले जबरजस्ती निकालेजस्तै मलाई पनि गर्न खोजेका थिए: ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एक वर्षअघि सम्पन्न महाधिवेशनले आफ्नो पार्टीलाई विभाजन हुनबाट जोगाएको दाबी गरेका छन् ।
४२ औँ पिस्कर सहिद स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै ओलीले नेपाली कांग्रेसमा अहिले सभापति शेरबहादुर देउवालाई हटाउन भइरहेको प्रयास र आफ्नो विगतको अवस्था उस्तै रहेको टिप्पणी गरे।
ओलीले भने, ‘कांग्रेसमा अहिले जे भइरहेको छ, हाम्रो पार्टीमा पनि ठ्याक्कै त्यही गर्न खोजिएको थियो । तर, हामीले एक वर्षअघि नै महाधिवेशन गरेर सबै भ्रम र हल्लाको तुवाँलो चिर्न सफल भयौं।” उनले देउवालाई जबरजस्ती निकाल्न खोजिएजस्तै विगतमा आफूलाई पनि ‘यो अनुहार देखाएर हिँड्न सकिँदैन’ भन्दै कारबाहीको माग गरिएको स्मरण गरे । महाधिवेशनको फैसलाले पार्टीलाई एकताबद्ध बनाएको र अहिले कांग्रेसमा त्यस्तै प्रकारको षड्यन्त्र दोहोरिएको उनको बुझाइ छ।