npl.977 Nepal News Stream

Sutra News logo Sutra News

पोप लियो चौधौँले दिए शान्ति, सहअस्तित्व र मानवताको सन्देश

सुत्र न्युज 6 hours ago

बेइरुत । पाेप लियाे चाैधाैँले शान्ति, सहअस्तित्व र मानवताको विषयमा आफ्नो दृढ धारणा व्यक्त गर्दै साेमबार लेबनानमा ऐतिहासिक सम्बोधन गरेका छन्। उनले इजरायल–प्यालेस्टाइनबीच दशकौँदेखि चलिरहेको द्वन्द्वको एक मात्र व्यवहारिक समाधान ‘दुई–राष्ट्र समाधान’ भएको स्पष्ट रूपमा पुनः दोहोर्‍याए।

मध्यपूर्वमा चर्किँदो तनावको बिच पोप बेइरुत आइपुग्दा हजारौँ नागरिकले उत्साहपूर्वक स्वागत गरेका थिए। आर्थिक संकट, राजनीतिक अस्थिरता र बढ्दो सुरक्षा चुनौतीले थकित लेबननी जनतालाई उनकाे यो भ्रमण ‘आशाकाे सन्देश’का रूपमा हेरिएको छ।

सम्बोधनका क्रममा पोपले भने, ‘धर्मका नाममा हिंसा स्वीकार्य हुँदैन। दुवै पक्षका अधिकार, सम्मान र सुरक्षित जीवनको प्रत्याभूति हुने मार्ग ‘दुई–राष्ट्र समाधान’ नै हाे ।’

उनले इजरायल र प्यालेस्टाइन दुवै पक्षलाई अन्तर्राष्ट्रिय कानुन तथा मानवअधिकारका मानकको सम्मान गर्दै सार्थक वार्तामा फर्किन आग्रह गरे। दशकौँदेखि निरन्तर भइरहेको विस्थापन, नाकाबन्दी, आक्रमण र प्रतिरोधको चक्रले मानवतामा गहिरो चोट पुर्‍याएको उल्लेख गर्दै उनले विश्व समुदायलाई ‘साहसिक र निर्णायक कदम चाल्न’ आह्वान गरे।

हालैका महिनाहरूमा बढ्दो सीमातानाव, आर्थिक संकट र राजनीतिक टकरावका कारण कमजोर बनेको लेबनानका लागि पोफको आगमन नयाँ ऊर्जा र आशाको स्रोत बनेको बताएका छन्।

पोप लियो चौधौंको लेबनान भ्रमण केवल धार्मिक कार्यक्रम मात्र नभई युद्ध, द्वन्द्व र आर्थिक कठिनाइले ग्रस्त देशका लागि ‘शान्ति, पुनर्निर्माण र आशा’ को प्रतीकका रूपमा हेरिएको छ। उनले दिएको स्पष्ट सन्देश,’स्थायी शान्ति संवाद, पारस्परिक सम्मान र न्यायमै सम्भव छ।’

Read more news from Sutra News

Explore by Source or Category