npl.977 Nepal News Stream

Taksar News logo Taksar News

नवनिर्वाचित सभापति थापाको नेतृत्वमा कांग्रेसको नयाँ कार्यसमितिको पहिलो बैठक सुरू

टक्सार न्युज 3 hours ago

काठमाडाैँ । नेपाली काँग्रेसको विशेष महाधिवेशनबाट नवनिर्वाचित सभापति गगनकुमार थापा नेतृत्वमा नयाँ केन्द्रिय कार्यसमितिको पहिलो बैठक सुरू भएको छ । 

ललितपुरको कुपण्डोलस्थित एक पार्टी प्यालेसमा जारी रहेको हो । बैठकमा नयाँ कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको छ ।

गत पुस २७ देखि ३० गतेसम्म भृकुटीमण्डपमा सम्पन्न काँग्रेस विशेष महाधिवेशन पक्षधरको दोस्रो विशेष महाधिवेशनले थापालाई सभापतिमा सर्वसम्मत चयन गर्दै १६६ सदस्यीय नयाँ केन्द्रिय कार्यसमिति गठन गरेको थियो ।

विशेष महाधिवेशनपछि पार्टीमा विभाजनको स्थिति सिर्जना भएको अवस्थामा यो बैठकलाई महत्वपूर्ण मानिएको छ । बैठकमा पार्टीको संगठनात्मक अवस्था, समसामयिक राजनीतिक विषय तथा आगामी रणनीतिबारे छलफल हुने अपेक्षा गरिएको छ । 

Read more news from Taksar News

Explore by Source or Category