मुम्बईसँग गुजरात पराजित
एजेन्सी – मुम्बई इन्डियन्सले महिला प्रिमियर लिग (डब्ल्युपिएल) मा मंगलवार गुजरात जायन्ट्सलाई ७ विकेटले हराएको छ।
गुजरात माथि मुम्बईको यो आठौँ जित हो। कप्तान हर्मनप्रित कौरको नटआउट अर्धशतकको मद्दतमा मुम्बईले १ सय ९३ रनको लक्ष्य १९.२ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो।
पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ९२ रन बनाएको थियो। जर्जिया वेयरहम र भारती फुलमालीले अन्त्यतिर राम्रो ब्याटिङ गर्दै टोलीलाई बलियो स्कोरसम्म पुर्याए। वेयरहमले ३३ बलमा ४ चौका र १ छक्कासहित नटआउट ४३ रन बनाइन् ।
फुलमालीले आक्रामक ब्याटिङ गर्दै १५ बलमा समान ३ छक्का र चौकासहित नटआउट ३६ रन जोडिन् । कनिका आहुजाले ३५, ओपनर बेथ मोनीले ३३ रन थपिन्।
जवाफमा मुम्बईको सुरुआत खासै राम्रो भएन। पावरप्लेमा ३ विकेट गुमेपछि टोलीकोकप्तान हर्मनप्रित इनिङ सम्हालिन । उनले संयमित तर प्रभावकारी ब्याटिङ गर्दै टोलीलाई जिततर्फ डोर्याइन्।
हर्मनप्रीतले ४३ बलमा ७ चौका र २ छक्कामा ७१ रन नटआउट बनाइन् । डब्ल्युपिएलमा यो उनको १०औँ अर्धशतक हो।
अमनजोत कौरले ४० रन योगदान दिइन्। निकोला कार्नेले नटआउट ३६ रन बनाइन् । गुजरातको फिल्डिङ कमजोर रहँदा त्यसको फाइदा मुम्बईले उठायो।
The post मुम्बईसँग गुजरात पराजित first appeared on हाम्रो खेलकुद.