टियागो इभीले आयोजना गरेको ‘कार्टनिभल’ सम्पन्न, ३७७ जना विद्यार्थी सहभागी
काठमाडौं । टाटा मोटर्सका लागि नेपालको अधिकृत वितरक सिप्रदी ट्रेडिङ प्रा लि अन्तर्गत टाटा टियागो इभीले बुढानीलकण्ठ स्कुल, आर्ट क्लब र सिप्रदीयन सहायता संस्थासँग सहकार्य गर्दै ‘कार्टनिभल’ अन्तर स्कुल चित्रकला कार्यक्रम सम्पन्न गरेको छ।
सो कार्यक्रममा १० निजी र ६ सामुदायिक गरि १६ विद्यालयका ३७७ जना विद्यार्थीको सहभागिता थियो। साथै, १९ जना कलाकारहरुले पनि उपस्थित भई विद्यार्थीलाई कलात्मक मार्गदर्शन र प्रेरणा प्रदान गरेका थिए।
कार्यक्रम दुई समूह (कक्षा ५ देखि ८ र कक्षा ९ देखि १२) मा विभाजन गरिएको थियो। कार्टनिभललाई प्रतियोगिता तथा कार्यशाला दुवै प्रारूपमा सञ्चांचान गरिएको थियो। यसले विद्यार्थीहरुलाई वातावरण, दिगोपन, आधुनिक गतिशीलता र नवप्रवर्तन जस्ता विषयहरुमा आफ्ना विचार र कल्पना शक्ति कला मार्फत अभिव्यक्त गर्ने अवसर प्रदान गरेको आयोजकले जनाएको छ।
कार्यक्रमको उद्घाटन बुढानीलकण्ठ स्कुलका उपप्राचार्य पूर्णिमा लामा, सिप्रदी ट्रेडिङ प्रा.लि.का पेसेन्जर सेग्मेन्ट प्रमुख सावन्तजङ्ग सिजापति, तथा टाटा मोटर्सका दक्षिण एशियाका रिजनल कस्टमर केयर म्यानेजर रन्धीर कुमार चौधरीको संयुक्त उपस्थितिमा सम्पन्न भएको थियो।
सो कार्यक्रममा प्रिन्सिपल केशर खुलालले विद्यार्थीहरुको सिर्जनशीलता र अभिव्यक्तिलाई प्रोत्साहित गर्ने यस्ता कार्यक्रमहरू विद्यालयको समग्र विकासकालागि अत्यन्त महत्वपूर्ण भएको बताएका थिए।
पेसेन्जर सेग्मेन्ट प्रमुख सावन्तजङ्ग सिजापतिले कला केवल मनोरञ्जन नभई सोच, दृष्टि र कल्पनाशक्तिको विस्तार गर्ने प्रभावशाली माध्यम भएको उल्लेख गरेका थिए।
यो कार्यक्रम टाटा ईभीको ‘मुभ विथ मिनिङ’ सामुदायिक अभियानअन्तर्गत आयोजना गरिएको हो। यसले युवा पुस्ता, वातावरणीय चेतना र सामाजिक जिम्मेवारीलाई सशक्त रूपमा जोड्ने लक्ष्य लिएको कम्पनीले जनाएको छ।
The post टियागो इभीले आयोजना गरेको ‘कार्टनिभल’ सम्पन्न, ३७७ जना विद्यार्थी सहभागी appeared first on BIZMANDU.