npl.977 Nepal News Stream

हाम्रो खेलकुद logo हाम्रो खेलकुद

साफ फुटसलमा नेपालको जित

Prakash Timalsina 14 hours ago

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली टोलीले थाइल्याण्डमा जारी साफ महिला फुटसल च्याम्पियनसिपमा पहिलो जित हासिल गरेको छ।

नेपालले आज बैंककस्थित नन्थाबुरी स्टेडियममा बुधबार सम्पन्न खेलमा नेपालले माल्दिभ्सलाई ५-० ले हराएको हो। साफ फुटसल च्याम्पियनसिप पहिलो पटक आयोजना भएको हो ।

४० मिनेटको खेलको पहिलो हाफमा नेपालले ४-० को अग्रता लिएको थियो। नेपालका‌ लालि जेनिफर रानाले २ तथा विमला चौधरी र मनिषा थापा मगरले‌ समान १ गोल गरिन् ।

चौथो मिनेटमा जेनिफरको गोलमा नेपालले अग्रता लियो। विमलाले ११ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारिन्। लगत्तै अर्को मिनेटमा जेनिफरले गोल थपिन् । १८ औं मिनेटमा मनिषाले गोल गरेपछि नेपालले पहिलो हाफमा नै खेलमा‌ बलियो पकड बनायो।

खेल सकिन एक मिनेट बाँकी रहँदा फातिमाथ सइनाको आत्मघाती गोलमा नेपालको अन्तर थप फराकिलो भयो।
च्याम्पियनसिपमा दोस्रो खेलमा नेपालको यो पहिलो जित हो ।

नेपालले पहिलो खेलमा श्रीलंकासँग २–२ को बराबरी खेलेको थियो। माल्दिभ्सले लगातार दोस्रो खेलमा हार बेहोरेको छ।

The post साफ फुटसलमा नेपालको जित first appeared on हाम्रो खेलकुद.

Read more news from हाम्रो खेलकुद

Explore by Source or Category