npl.977 Nepal News Stream

NepalWatch logo NepalWatch

निर्वाचन प्रहरीमा भर्ना हुन ५ दिनमा १ लाखले दिए आवेदन

Nepal Watch 1 day ago

काठमाडौँ । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन सुरक्षाका लागि खुलाइएको निर्वाचन प्रहरीमा ५ दिनमा करिब १ लाख जनाले आवेदन दिएका छन् ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ)ले ७७ वटै जिल्लास्थित आ-आफ्ना कार्यालयमार्फत २५ पुसबाट आवेदन खुलाएकामा मंगलबारसम्म करिब १ लाखको दरखास्त परेको हो ।

२१ फागुनका लागि तय भएको निर्वाचन सुरक्षार्थ नेपाल प्रहरीले १ लाख ३३ हजार ९ सय ८० र सशस्त्र प्रहरीले १५ हजार १ सय १० जनाका लागि आवेदन खुलाएका थिए । १ माघसम्म आवेदन दिने अवधि तोकिएको छ ।

विगतको तुलनामा यो पटक आवेदन दिनेको संख्यामा केही कमी आएको बताइएको छ ।

तोकिएको संख्यामा दरखास्त नपरेमा केही दिन थप गर्न सकिने पनि बताइएको छ । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन सुरक्षाका लागि करिब ३ लाख ३७ हजार सुरक्षाकर्मी परिचालन गर्ने सरकारको तयारी छ ।

Read more news from NepalWatch

Explore by Source or Category