सुन तोलाको २ लाख ७८ हजार, चाँदी पनि बढ्दै ५ हजार ६ सय ५५ रुपैयाँ
काठमाडौं। बढोत्तरीमा कीर्तिमान बनाइरहेको सुनचाँदीको मूल्य बुधबार पनि बढेको छ। अघिल्लो दिनको भन्दा सुन तोलामा १ हजार ५ सय रुपैयाँ र चाँदी ३ सय १५ रुपैयाँ बढेर कारोबार मूल्य कायम भएको छ।
सुन प्रति तोला २ लाख ७८ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि १ हजार ८ सय रुपैयाँले बढ्दा मंगलबार कारोबार मूल्य तोलाको २ लाख ७४ हजार ७ सय रुपैयाँ भएको थियो।
चालु महिना मात्रै सुन तोलामा १९ हजार रुपैयाँ महँगिएको छ। चालु महिनाको प्रारम्भमा तोलाको २ लाख ५९ हजार रुपैयाँ थियो। बीचमा घट्दा कारोबार मूल्य तोलाको २ लाख ५८ हजार ३ सय रुपैयाँसम्म आएको थियो। चालु साताका चार दिनमै तोलामा ७ हजार ४ सय रुपैयाँ बढेको छ।
चाँदी बुधबार बढेर प्रति तोला ५ हजार ६ सय ५५ रुपैयाँ भएको छ। मंगलबार तोलाको ५ हजार ३ सय ४० रुपैयाँ थियो।
चालु महिना चाँदी तोलामा १ हजार ७ सय ७० रुपैयाँ बढेको छ। पुस १ मा तोलामाको ३ हजार ८ सय ८५ रुपैयाँ थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य बढेर हालसम्मकै उच्च भएको छ। सुन प्रति औंस ४६४३.१३ डलर पुगेको छ। चाँदी पनि बढ्दै ९०.७८ डलर भएको छ।
अघिल्लो दिन सुन प्रति औंस ४५९६.४८ डलर र चाँदी प्रति औंस ८५.६२ डलर थियो। अन्तर्राष्ट्रिय सञ्चार माध्यमले सुनचाँदीको भाउ अझै बढ्दै जाने अनुमान गरेका छन्।
The post सुन तोलाको २ लाख ७८ हजार, चाँदी पनि बढ्दै ५ हजार ६ सय ५५ रुपैयाँ appeared first on BIZMANDU.