npl.977 Nepal News Stream

Saral patrika logo Saral patrika

उपत्यकामा ह्वात्तै बढ्यो जाडो, तापक्रम ३ डिग्रीमा झर्‍यो

Saral Patrika 1 day ago

काठमाडौँ । काठमाडौँ उपत्यकाको तापक्रममा उल्लेख्य गिरावट आएसँगै आज बुधबार यस वर्षकै बढी जाडो महसुस गरिएको छ । बुधबार बिहान ललितपुरको सानेपामा न्यूनतम तापक्रम ३ डिग्री सेन्टिग्रेट मापन गरिएको छ ।

मौसमविद् उज्वल उपाध्यायका अनुसार आज बिहान ६ बजेर २७ मिनेटमा सानेपा क्षेत्रको तापक्रम ३ डिग्री सेन्टिग्रेट रेकर्ड गरिएको हो । तापक्रम घटेका कारण उपत्यकाभर बिहानैदेखि अत्यधिक चिसो महसुस गरिएको छ । उपाध्यायले यो तापक्रम अझै केही घट्न सक्ने अनुमान समेत गरेका छन् ।

जल तथा मौसम विज्ञान विभागले सामान्यतया न्यूनतम तापक्रमको अन्तिम मापन बिहान ८:४५ बजे गर्ने गर्दछ । आजको न्यूनतम तापक्रमको आधिकारिक र अन्तिम विवरण उक्त समयपछि सार्वजनिक हुनेछ । चिसो बढेसँगै जनजीवन प्रभावित हुन थालेकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन् ।

Read more news from Saral patrika

Explore by Source or Category