npl.977 Nepal News Stream

Taksar News logo Taksar News

जुम्ला कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आधारभूत पूर्वाधार अभाव कायमै छः प्रधानमन्त्री कार्की

टक्सार न्युज 17 hours ago

काठमाडाैँ । प्रधानमन्त्री सुशीला कार्कीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आधारभूत पूर्वाधारको अभाव कायमै रहेको बताएकी छन् ।

बुधबार सिंहदरबारमा आयोजित प्रतिष्ठानको १२ औँ सभा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले जुम्लाजस्तो दुर्गम क्षेत्रमा प्रतिष्ठान स्थापना हुनु आफैंमा ठूलो उपलब्धि भए पनि आवश्यक संरचना नहुनु विडम्बनापूर्ण भएको उल्लेख गरिन्।

प्रधानमन्त्री कार्कीले बजेट स्थानान्तरण गरेर स्रोत जुटाउनसमेत सरकारलाई कठिनाइ हुने गरेको जानकारी दिइन् । उनले नियमित काम गर्न खोज्दा विभिन्न अवरोधको सामना गर्नुपर्ने र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हस्तक्षेपको डरले पनि काम गर्न कठिन हुने बताइन् ।

उनले भनिन्, “जुम्लाजस्तो ठाउँमा प्रतिष्ठान खोल्दा त्यहाँका स्थानीयलाई सानो उपचारका लागि पनि बाहिर जानु पर्ने अवस्था थियो। अहिले त्यसको समाधान भएको छ। स्वास्थ्य विज्ञान प्रतिष्ठानको विकास भइसकेपछि यसले क्षेत्रको समग्र विकासमा ठूलो भूमिका खेल्छ। तर दुःखको कुरा के छ भने सानो सानो सुविधा, जस्तै होस्टेल र कर्मचारी तथा डाक्टरहरूको आवास, अझै उपलब्ध छैन। हामी यति सानो कुरा पनि पूरा गर्न सकेका छैनौं। कहिलेकाहीँ त अख्तियार पनि आइलाग्छ।”

प्रधानमन्त्री कार्कीले उपलब्ध स्रोत र साधनको अधिकतम सदुपयोग गरी नागरिकको सेवामा लाग्न प्रतिष्ठान प्रशासनलाई निर्देशन दिएकी छन् ।

Read more news from Taksar News

Explore by Source or Category