npl.977 Nepal News Stream

Kendrabindu logo Kendrabindu

आज दुई संसदीय समितिको बैठक बस्दै

इन्द्र कमल रोक्का 4 hours ago

काठमाडौं । संघीय संसद अन्तर्गत शुक्रबार दुई संसदीय समितिको बैठक बस्दैछ । राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बस्न लागेको हो । सिंहदरवारस्थित समितिको बैठक कक्षमा बिहान ११ः३० बजे विधायन व्यवस्थापन समितिको १५७ औं बैठक बस्दैछ ।बैठकमा पर्यटन विधेयक, २०८१ मा दफावार छलफल गरिने भएको कार्यसूचीमा तय गरिएको छ ।

यस्तै, बिहानको ११ बजे संघीय संसद सचिवालय, सिंहदरवारमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको ३१८औं बैठक बस्दैछ । बैठकमा समितिको छैटौं वार्षिक प्रतिवेदन २०८१÷२०८२ माथि छलफल गरिने कार्यसूचीमा तय गरिएको छ ।

Read more news from Kendrabindu

Explore by Source or Category