npl.977 Nepal News Stream

Taksar News logo Taksar News

न्यूनस्तरको पुष्टि भएपछि ‘मेङ्गो ड्रिङ्क’ बजारबाट फिर्ता गर्न विभागको निर्देशन

टक्सार न्युज 16 hours ago

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारमा उपलब्ध ‘मेङ्गो ड्रिङ्क’ फिर्ता गर्ने आदेश जारी गरेको छ।

विभागका अनुसार बजार अनुगमनको क्रममा सङ्कलन गरी प्रयोगशालामा परीक्षण गरिएको उक्त पेय पदार्थमा कुल घुलनशील ठोस पदार्थको मात्रा नेपाल सरकारको मापदण्डअनुसार नभेटिएपछि यो निर्णय गरिएको हो।

विभागको आदेश अनुसार, हाइजेन प्याक्स नेपाल प्रा.लि. कमल गाउँपालिका, झापा रा उत्पादित मेङ्गो ड्रिङ्क (२०० मि.लि.), व्याच नं एनएमआर १०७एम१ उत्पादन मिति २०२५/०९/२७, उपभोग्य मिति १२ महिना भित्रको, बजारबाट तत्काल फिर्ता ल्याइनेछ। यस व्याचका सबै उत्पादनहरू विक्रि वितरण नगर्न पनि विभागले आदेश दिएको छ।

विभागले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३८(२) र उपदफा (४) बमोजिम उक्त आदेश जारी गरेको उल्लेख छ। उपभोक्ताहरूलाई पनि उक्त व्याचको पेय पदार्थ नखपाउन विभागले सचेत गराएको छ।

Read more news from Taksar News

Explore by Source or Category