आजको मौसम : पश्चिमी वायू सक्रिय
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी वायूको आंशिक प्रभाव रहेको जनाएको छ ।
जसका कारण बिहीबार आज दिउँसो तराई क्षेत्रका केही स्थानमा कुहिरो लाग्ने छ ।
महाशाखाका अनुसार कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा आंशिक बदली रहनेछ भने देशका बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ ।
महाशाखाका अनुसार आज राती तराई क्षेत्रका केही स्थानमा कुहिरो÷कुहिरो लाग्ने छ। कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा आंशिक बदली रहनेछ भने देशका बाँकी भागमा मौसम मुख्यतया सफा रहने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
हुस्सु–कुहिरोका कारण बिहानको समयमा जनजीवन, स्वास्थ्य, पर्यटन तथा हवाई–सडक यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।