कर्णालीले काठमाडौंलाई दियो मध्यम लक्ष्य, गुलसन एक रनले अर्धशतकबाट चुके
काठमाडौं । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सले काठमाडौं गोर्खाजसमक्ष मध्यम लक्ष्य प्रस्तुत गरेको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४९ रन जोडेको हो ।
कर्णालीका गुलसन झाले विष्फोटक ब्याटिङ गर्दै सर्वाधिक ४९ रन बनाए। उनले मात्र २२ बलको सामना गर्दै ६ चौका र ३ छक्का को मद्दतमा ४ रनको तेज पारी खेले। तर एक रनबाट अर्धशतकमा चुके ।
गुलसन बाहेक पवन सर्राफले २९ बलमा २ चौका र २ छक्कासहित ३५ रन बनाए भने ओपनर मार्क वाट ले पनि २७ बलमा ३० रन को योगदान दिए।
कर्णाली याक्सको सुरुवात भने निकै निराशाजनक रह्यो। टिमको स्कोर १ रन हुँदा नै टोलीले आफ्ना दुई महत्वपूर्ण ओपनर प्रियङ्क पन्चाल र विलियम बोसिस्टोलाई गुमाइसकेको थियो। खराब सुरुवातपछि मार्क वाट र पवन सर्राफले इनिङ्स सम्हाल्ने प्रयास गरे, तर मध्यक्रममा विकेट गुमाउनुले टिमको रन गतिमा असर पुर्यायो।
अन्तिमतिर गुलसनले आक्रामक ब्याटिङ गरेपछि कर्णालीले मध्यम योगफल तयार पार्न सफल भएकाे हाे ।
यता काठमाडौंका लागि विदेशी स्पिनर राशिद खान २ महत्त्वपूर्ण विकेट लिँदा करण केसी, मिलिन्द कुमार र सन्तोष यादवकाे नाममा एक विकेट रह्याे ।