npl.977 Nepal News Stream

Taksar News logo Taksar News

मायादेवी गाउँपालिकामा स्वास्थ्य कार्यक्रममा ४६ लाख रुपैयाँ हिनामिना,७ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

टक्सार न्युज 19 hours ago

काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तु, मायादेवी गाउँपालिकामा पेश्की रकम हिनामिनासँग सम्बन्धि भ्रष्टाचार प्रकरणमा आरोपपत्र दायर गरेको छ।

आयोगका अनुसार स्वास्थ्य सम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्न लिएको पेश्की रकमको आवश्यक बिल र कागजात पेश नगरी, रकम फछ्यौट नगरी बेरुजु राखिएको देखिएको छ।

अनुसन्धानबाट प्राप्त विवरण अनुसार, सि.अ.हे.व. (अधिकृत छैठौं) महेन्द्र प्रसाद यादवले आ.व. २०७५/७६ देखि २०७८/७९ सम्मका कार्यक्रमका लागि कुल रु. ४६ लाख ७ हजार ३ सय रुपैँया पेश्की रकम फछ्यौट नगरी बेरुजु राखेका थिए। यस प्रकरणमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृतहरू रामचन्द्र ढकाल, प्रमेश्वर यादव, कृष्ण प्रसाद तिमिल्सिना, लेखा अधिकृत प्रकाश गौतम, लेखापाल तुल्सीराम पौडेल र लेखा सहायक गिरीराज गौतम समेत संलग्न रहेको आयोगले जनाएको छ।

आयोगकाे आरोपपत्र अनुसार अभियुक्तहरूले आपसी मिलेमतोमा कार्यक्रम सञ्चालन नगरी पेश्की रकम हिनामिनासँग सार्वजनिक सम्पत्तिमा ठूलो क्षति पुर्‍याएका छन्। यस कार्यका कारण सार्वजनिक सम्पत्तिमा भएको हानि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ अनुसार कारबाही हुने आयोगले जनाएको छ।

Read more news from Taksar News

Explore by Source or Category