npl.977 Nepal News Stream

Saral patrika logo Saral patrika

रास्वपा केन्द्रीय सदस्यको गाडी तोडफोड

Saral Patrika 13 hours ago

काठमाडौँ। गोरखाको भिमसेन थापा गाउँपालिका-३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य प्रकाशचन्द्र परियारको गाडी तोडफोड भएको छ। बिहीबार राति चउरमा पार्किङ गरी राखेको अवस्थामा अज्ञात समूहले बा १३ च ३८२८ नम्बरको गाडीमा क्षति पुर्‍याएको हो।

जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी राजकुमार श्रेष्ठका अनुसार, बिहीबार सो क्षेत्रमा माघे सङ्क्रान्तिको अवसरमा गोरु जुधाई र फुटबल प्रतियोगिता सञ्चालन भएको थियो। सोही क्रममा पार्किङमा रहेको गाडीको पछाडिको सिसा फुटाइएको पाइएको छ।

“नियोजित रूपमा गाडीमा सवार व्यक्तिहरूलाई ओरालेर तोडफोड गरिएको भने होइन,” डीएसपी श्रेष्ठले भने, “रोकिराखेको अवस्थामा पछाडिको सिसा फुटाइएको छ। घटनाको प्रकृति हेर्दा खेल हेर्न आएका वा स्थानीय अज्ञात समूहको संलग्नता हुन सक्ने देखिएकाले अनुसन्धान सुरु गरिएको छ।”

नेता परियारले आफ्नो सवारी साधनमा भएको क्षतिको बारेमा प्रहरीलाई जानकारी गराइसकेका छन्। प्रहरीले घटनाको थप अनुसन्धान र दोषीको खोजी भइरहेको जनाएको छ।

यसैबीच, परियारले घटनाबारे जानकारी दिंदै प्रपन्च र प्रतिशोधमा आधारित घटना भएको टिप्पणी गरेका छन्। उनले भनेका छन्–

प्रिय साथीहरु

रास्वपा भीमसेन थापा गाँउपालिका वडा नं ३ कमलटार वडाअधिवेशनका लागि पार्टीका तर्फवाट केन्द्रीय सदस्यद्वय प्रकाशन्द्र परियार, धनेज थापा र पर्यटन विभाग सदस्य प्रकाश लामिछाने सहितको टोली हिजो ७ वजे कमलटार आइपुगेका थियोैँ।

हामी सवार मित्र धनेजजीको वागमती प्रदेश ०२५ च ७०३० को गाडी पार्किङ स्थलमै गाडी तोडफोड गरिएको घटनावारे धेरैजना साथीहरुले चासो, चिन्ता र विविध कोणवाट सुरक्षा खोजिरहनु भएकोप्रति हार्दिक कृतज्ञता।

हामीले सम्भावित राजनीतिक प्रपन्च,षडयन्त्र, प्रतिशोध र हुलल्डबाजको बहुकोण सहित प्रहरीमा उजुरी गरिसकेका छोैँ।

हामी सुरक्षित छोैँ। हाम्रो कार्यक्रम केही ढिलो भए पनि सफल बनाउन आयोजक साथीहरु कार्यक्रम स्थलमा पुगेर अन्तिम तयारी गरिरहनु भएको छ। कार्यक्रम स्थगित गरिनेछैन।

Read more news from Saral patrika

Explore by Source or Category