npl.977 Nepal News Stream

नेपाल न्युज logo नेपाल न्युज

श्रीलंकामा बाढीपहिरोबाट मृत्यु हुनेको संख्या एक सय ५३ पुग्यो

नेपाल न्युज 20 hours ago

कोलम्बो। श्रीलंकाको विपद् व्यवस्थापन केन्द्रले शनिवार साँझ चक्रवात दिट्वाका कारण आएको बाढी र पहिरोका कारण १ सय ५३ जनाको मृत्यु भएको बताएको छ।

धेरै जिल्लाहरूमा खोज र राहत कार्य तीव्र पारिएको छ। १ सय ९१ जना अझै बेपत्ता रहेको बताइएको छ। सबै जिल्लाका २ लाख १७ हजार २ सय ६३ परिवारका ७ लाख ७४ हजार ७ सय २४ जना भारी वर्षा, बाढी र पहिरोबाट प्रभावित भएको बताइएको छ।

२७ हजार ४ सय ९४ परिवारका १ लाख ८ सय ९८ जना हाल ७९८ निकासी केन्द्रहरूमा बसिरहेका छन्।

Read more news from नेपाल न्युज

Explore by Source or Category