npl.977 Nepal News Stream

Taksar News logo Taksar News

प्रभु बैंकको कार्यवाहक सिइओमा लम्साल नियुक्त

टक्सार न्युज 8 hours ago

काठमाडौँ । प्रभु बैंकको कार्यवाहक प्रमुख कार्यकारी अधिकृतमा निरज लम्साल नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको आकस्मिक बैठकले लम्साललाई कार्यवाहक सिइओ नियुक्त गर्ने निर्णय गरेको हो ।

आइतबार नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोले प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत समेत ३ जना कर्मचारीहरुलाई पक्राउ गरेको थियाे ।

आइतबार बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र नायव प्रमुख कार्यकारी अधिकृत मणिराम पोख्रेललाई प्रहरीले पक्राउ गरेपछि लम्सालले कार्यवाहक सिइओको जिम्मेवारी पाएका हुन् ।

बैंकको दैनिक कार्य सञ्चालन, निरन्तर तथा प्रभावकारी रुपमा अघि बढाउन सञ्चालक समितिबाट बैंकका बरिष्ठतम् कर्मचारी निरज लम्साललाई २०८२ मंसिर १४ गते देखि लागू हुने गरी बैंकको कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी प्रदान गरिएको छ। बैंकबाट सम्पादन हुने सबै किसिमका सेवाहरु सम्पूर्ण शाखा सञ्जालहरुबाट निर्वाध रुपमा सञ्चालन हुने व्यवस्था मिलाइएको जनाइएको छ ।

Read more news from Taksar News

Explore by Source or Category