कांग्रेसको आधिकारिक वेबसाइटबाट हटाइयो गगन, विश्वप्रकाश र फरमुल्लाको नाम
इन्द्र कमल रोक्का
|
3 hours ago
काठमाडौं । नेपाली काँग्रेसले विशेष महाधिवेशनबाट सभापतिमा चयन भएका गगन थापाको नाम र फोटो सहितको विवरण आधिकारिक वेबसाइटबाट हटाएको छ ।
काँग्रेसको १४औं महाधिवेशनमा महामन्त्री निर्वाचित भएका थापाको विवरण पार्टीको वेबसाइटबाट हटाएको हो ।
थापासँगै अर्का महामन्त्री विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्ला मन्सुरको विवरण पनि वेबसाइटबाट हटाइएको छ ।
भृकुटीमपण्डामा सम्पन्न दोस्रो विशेष महाधिवेशनबाट शर्मा उपसभापति र मन्सुर सहमहामन्त्रीमा सर्वसम्मत चयन भएका थिए ।
हिजो बसेको संस्थापन कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले तत्कालीन महामन्त्री थापासँगै ५ वर्षका लागि साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निस्कासित गरेको थियो ।