npl.977 Nepal News Stream

Kendrabindu logo Kendrabindu

चलचित्र विधेयक, २०८१ फिर्ता लिने पक्षमा सरकार छैन -सञ्चारमन्त्री खरेल

इन्द्र कमल रोक्का 7 hours ago

काठमाडौं । सञ्चारमन्त्री जगदीश खरेलले चलचित्र विधेयक, २०८१ फिर्ता लिने पक्षमा सरकार नरहेको बताएका छन् ।

सोमबार सिंहदरबारमा बसेको राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा चलचित्र विधेयक, २०८१ माथिको छलफलका क्रममा मन्त्री खरेलले चलचित्र विधेयकलाई सरकारले फिर्ता नलिने प्रष्टीकरण दिएका हुन् ।

चलचित्र क्षेत्रसँग सम्बन्धित केही संघसंस्थाहरूले आफुलाई भेटेर चलचित्र विधेयक फिर्ता लिन आग्रह गरेको भन्दै उनले समिति बैठकमा सरोकारवालासँग बसेर उनीहरूको मागका बारेमा छलफल गर्न सरकार तयार रहेको बताए । यस पटक चलचित्र विधेयकलाई उपलब्धीमूलक बनाएर पारित गर्न सहयोग गर्ने खरेलको भनाइ छ ।

चलचित्र बिकास बोर्डलाई स्वायत्तता प्रदान गर्ने नाममा जथाभावी हुन नदिइने उनले बताए । खरेलले चलचित्रलाई नियन्त्रण नभइ सहजीकरण र नियमन सेन्सरलाई अघि बढाउनुपर्ने बताएका छ्न् ।

मन्त्री खरेलले चलचित्र क्षेत्र सञ्चार मन्त्रालयकै मातहत राख्नुपर्नेमा जोड दिए ।

Read more news from Kendrabindu

Explore by Source or Category