npl.977 Nepal News Stream

Kendrabindu logo Kendrabindu

एनपीएलमा आज विश्राम

इन्द्र कमल रोक्का 2 hours ago

काठमाडौं । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)लाई आज विश्राम दिइएको छ। लगातारको खेल तालिकापछि खेलाडीहरूलाई आज एक दिन आरामको समय प्रदान गरिएको हो।

यद्यपि, भोलि मङ्गलबार भने कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दुई रोमाञ्चक प्रतिस्पर्धा हुँदैछन्। पहिलो खेल बिहान ११ः४५ बजे जनकपुर बोल्ट्स र चितवन राईनोजबिच हुनेछ। त्यसपछि दिउँसो ४ः०० बजे हुने दोस्रो खेलमा पोखरा एभेन्जर्स र कर्णाली याक्स आमनेसामने हुनेछन् ।

प्रतियोगितामा हालसम्म अपराजित रहेको सुदूरपश्चिम रोयल्स ५ खेलमा ५ जितसहित १० अंकका साथ प्लेअफमा पुगिसकेको छ। आइतबारको खेलमा काठमाण्डौ गोर्खाजले कर्णाली याक्सलाई हराएसँगै अंक तालिका थप रोचक बनेको छ।

गोर्खाज ६ खेलबाट ८ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ भने बिराटनगर किङ्ग्स ५ खेलमा ८ अंकसहित तेस्रो स्थानमा छ । भोलि हुने खेलमा पुछारमा रहेको जनकपुर बोल्ट्स आफ्नो खाता खोल्ने दबाबमा हुनेछ, जसले ४ खेलमा एक पनि जित निकाल्न सकेको छैन। यस्तै, दोस्रो खेलमा २-२ अंकका साथ संघर्ष गरिरहेका कर्णाली याक्स र पोखरा एभेन्जर्स बीचको भिडन्त पनि ‘प्लेअफ’ को समीकरणका लागि महत्वपूर्ण हुनेछ।

Read more news from Kendrabindu

Explore by Source or Category